लोकदृष्टि थिएटरको संयोजन प्रारम्भ इन्स्टिच्युट , लिओ क्लब अफ काठमाडौँ सेन्ट्रल टाउनको सहयोग र रिजन ७ ( लियो डिस्ट्रिक  काउन्सिल ३२५ बि वान ) तथा रिजन २  ( लियो डिस्ट्रिक  काउन्सिल ३२५ ए वानको सहकार्यमा  सर्वनाम थियटरमा आयोजित सात दिने ‘ थियटर ल्याव (२) – २०१४ ”  कार्यशाला  सम्पन्न भयो | कार्यशालामा प्रेम पौडेल (२५ गते),बिजय बिस्फोट देउजा (२६ गते),नवराज बुढाथोकि (२७ गते),कमलराज अधिकारी (२८र२९ गते),डा.साबित्री मल्ल (३० गते)र कृष्ण शाह यात्री (३१ गते)लगायतका प्रशिक्षकले प्रशिक्षण दिनुभएको थियो | 

10343044_302447016594771_6345590410317908815_n

नेपाली रंगमन्चमा नव आगन्तुकहरुलाई नाटक अवयवहरुका  बारेमा औपचारिक रुपमा नै ज्ञान दिने उदेश्य अनुरुप कार्यशालाको आयोजना गरिएको आयोजक लोकदृष्टि थिएटरले जनाएको छ | कार्यशालमा तीन दर्जन बढि रङ्गप्रेमीहरुको सक्रिय सहभागिता थियो | कार्यशालमा भाग लिँदा  उदेश्य नाटक र रंग्मन्न्चक बारेमा अध्ययनमा नपरेको न थाहा पाएका विविध पक्षहरुका बारेमा  बुझ्नुका साथै  अभिनय कलाले  व्यक्तिगत आत्मविश्वास बढाउन समेत सहयोग पुग्नेमा विश्वस्त रहेको सहभागीहरुले बताए | कार्यशालमा कक्षा ८ मा अध्ययन गरिरहेका बिद्यार्थी देखि इन्जिनियरिङ पढ्दै गरेका, बायो मेडिकलका बिद्यार्थी एवं मानविकी र बाणिज्य संकायमा स्नातकोत्तर गर्दै गरेका प्रशिक्षार्थीहरु ले एकै पटक भाग लिएका थिए |

10603800_302452489927557_2140569312127514830_n

नाटक अभिनय मात्र नभएर त्यस भित्रका अबयब हरु समेत रंगमंच प्रति चासो राख्नेले बुझ्नु पर्ने अन्त्य जरुरि हुने भएकोले नाटक पार्टी साच्चै रुची राख्ने अनि रङ्गमन्चमा आफ्नो भविस्यको सपनामा साँचेर बस्ने रंगप्रेमीहरुका निम्ति थियटर ल्यावको परिकल्पना अगाडी ल्याइएको लोकदृष्टि थिएटरका आयोजक प्रतिनिधि एवंम् रङ्ग निर्देशक प्रेम पौडेलले बताउनु भयो |

10583924_302039019968904_2708774325982671247_n

Please follow and like us:

Comments