मेलबर्न । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो। शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्।

सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए। नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो।

उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारमा फेला पारेका थिए। झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments