काठमाडौं । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह बन्धनमा बाँधिएको दुई महिना नपुग्दै पति वियोगमा परेकी अभिनेत्री श्वेता खड्काले त्यसपछि कुनै फिल्ममा काम गरेकी छैनन् । लामो समय शोकमै डुबेकी श्वेता पछिल्लो समयमा भने विभिन्न बिजनेशमा व्यस्त रहँदै आएकी छिन् । पछिल्लो पटक उनी दयाहाङ राईकी कान्छी बन्न लागेको खबरले कलिउड सिनेबजार तातिएको छ ।

फिल्म ‘कोहिनुर’ पछि अभिनयमा नदेखिएकी अभिनेत्री श्वेता आफ्नै ब्यानरमा बन्ने फिल्म ‘कान्छी’ बाट अभिनयमा फर्किन लागेकी हुन् । आफ्नै ब्यानरमा बन्ने फिल्म ‘कान्छी’ बाट उनी अभिनयमा फर्किन लागेकी हुन् ।

कान्छी फिल्ममा उनले अभिनेता दयाहाङ राईसँग स्क्रिन शेयर गर्न लागेकी हुन् । ‘कान्छी’ लाई कोहिनुर कै निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन् । काया फिल्म्सको ब्यानरमा यो फिल्म बन्न लागेको हो । अभिनेत्री स्वेताले पति श्रीकृष्ण श्रेष्ठको निधनपछि कुनैपनि चलचित्रमा काम गरेकी थिइनन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments