धनगढी । आगामी १४ गते हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियनको चुनावको विरोध गर्दै आएको विप्लव नेतृत्वको अखिल क्रान्तिकारीले कैलालीको लम्की बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख र सहायक क्याम्पस प्रमुखको अपहरण गरेका छन् ।

बुधबार दिउँसो क्याम्पस प्रमुख भिष्म थापा र सहायक प्रमुख कमल विष्टलाई विप्लव माओवादी निकटको अखिल क्रान्तिकारीका कार्यकर्ताहरुले अपहरण गरेका हुन् । उनीहरुलाई विप्लव माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले क्याम्पस परिसरबाटै बुधबार अपरान्ह ३ बजेतिर अपहरण गरेर अज्ञातस्थलतर्फ लगेका छन् । दुबैजनालाई सुरक्षित स्थानमा सम्मानका साथ राखिएको पनि बताएका छन् ।

अखिल क्रान्तिकारीले सामानुपातिक निर्वाचन प्रणाली, फर्जी भर्ना रद्ध लगायतका माग राख्दै विभिन्न क्यमम्पसहरुमा तालाबन्दीसमेत गर्दै आएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments