काठमाडौं । नेकपा एमालेले फागुन २१ गतेदेखि सञ्चालन हुने मेची–महाकाली राष्ट्रिय अभियानमा १० हजार नेता तथा कार्यकर्तालाई परिचालन गर्ने भएको छ । बुधबारदेखि सुरु भएको पोलिटब्युरो बैठकले मेची महाकाली अभियानलाई तराईका जिल्लामा केन्द्रित गर्ने र प्रभावकारी ढंगमा जनतामा जाने निर्णय गरेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्वाचन गर्ने विषयमा तीनदलको छलफलमा प्रतिवद्धता जनाएको जानकारी दिनु भएको थियो ।

यस्तै, समयमै स्ववियु निर्वाचन गरेर स्थानीय तहको निर्वाचन गर्न पनि प्रधानमन्त्री तयार रहेको प्रतिवद्धता आएको अध्यक्ष ओलीले जानकारी गराउनु भएको थियो । बुधबारको बैठकमा कार्ययोजनाहरु सचिवालय सचिव प्रदीप ज्ञवालीले प्रस्तुत गर्नुभएको थियो भने फागुन १४ गते देशभरिका क्याम्पसमा हुने स्वतन्त्र विद्यार्थीहरुको निर्वाचन र त्यसमा पार्टीको तर्फबाट खेल्नुपर्ने भूमिकाबारे सचिव योगेश भट्टराईले बोल्नु भएको थियो । बैठक बिहीबार १२ बजे पुनः बस्नेछ भने अध्यक्ष ओलीको प्रतिवेदनमा छलफल हुने छ ।

यस्तै, मेची–महाकाली राष्ट्रिय अभियान, स्थानीय तहसहित सबै तहको निर्वाचन, स्ववियु निर्वाचन बैठकका कार्यसूची छन् । बिहीबारको बैठकमा एकवर्षअघि मात्र एमालेमा फर्किएका पुराना नेता राधाकृष्ण मैनालीका विषयमा पनि छलफल भएको थियो ।

अध्यक्ष ओलीले बोलेपछि वरिष्ठ नेता माधवकुमार नेपालले मैनालीको पुस्तक ‘नलेखिएको इतिहास’ मा गलत तथ्यहरु राखेर एमाले, अध्यक्ष ओली र आफ्ना विषयमा जनतालाई भ्रमित पारेको बताउनु भएको थियो । अध्यक्ष ओलीले पनि मैनालीले अनावश्यक कुण्ठा पोखेको प्रतिक्रिया दिनु भएको थियो । पुस्तकमा एमाले, नेतृत्व पंक्तिबारे प्रचार गरिएको तथ्यको पार्टीले खण्डन र खारेज गर्ने निर्णय गरेको छ । ‘यसपछि थप कारबाही पनि  पनि हुनसक्छ,’ एक पोलिटब्युरो सदस्यले भने, ‘मैनालीबारे छलफल हुँदैछ ।’

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments