कपिलवस्तु।  चन्द्रौटामा ६ वर्षकी बालिकाको बलात्कार गरी हत्या गरिएको छ । शिवराज नगरपालिका-१० चन्द्रौटा प्रगतीनगर बस्ने  शोभाखर अधिकारीकी ६ वर्षकी छोरी सीता अधिकारीको बलात्कारपछि हत्या भएको हो ।

सोमबार बेलुकादेखि हराइरहेकी सीताको मंगलबार बिहान चन्द्रौटा रहटकोल नजिकैको जवाई खोलमा शव भेटीएको हो । रातभरी खोज तलास गर्दा खोला नजिक उनको कपडा भेटिएपछि खोज्दै जाँदा पानीमा शव फेला परेको हो ।

सीताको शव पानीमा डुबेको अवस्थामा भेटिएको थियो । सोमबार घरमा खेलिरहेको अवस्थामा अचानक सीता हराएकी थिइन् ।

सीता चन्द्रौटामा रहेको आवर मोदरल्याण्ड एकेडेमीमा एलकेजीमा पढ्थिन् । दोषीलाई पत्ता लगाई कडाभन्दा कडा कारबाही गर्न स्थानीय बासिन्दाले प्रशासनसँग माग गरेका छन् । दोषीको खोजी कार्य भैरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख झविन्द्र भट्टराईले जानकारी दिनु भयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments