मेलबर्न । नेपाली युवा दर्शक श्रोता माझ झण्डै डेढ दशक अघिदेखि लोकप्रिय रहँदै आएका गायक सविन राई र फरोह ब्याण्डको झण्डै एक महिना लामो अष्ट्रेलिया कन्सर्ट टुर सम्पन्न भएको छ ।

भ्यालेन्टाइन डेको पूर्व सन्ध्यामा मेलबर्नका दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्दै सविन र फरोह ब्याण्डको अष्ट्रेलिया टुरको समापन गरिएको हो ।

थेरापी नाइट क्लबमा आयोजित कार्यक्रममा उल्लेख्य दर्शकहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सविनले आफ्ना हिट नम्बरहरु गुराँसको फेदमूनि,कोमल त्यो तिम्रो बदनमा,सुन्दरताको तिमी उदाहरण हौ,माया जालैमा र सम्झनाहरुलाई अँगाल्दै गाउँदा दर्शकहरु निकै खुशीले झुमेका थिए ।

कार्यक्रमको आयोजना ह्यासट्याग हैट क्रियसन एण्ड इन्टरटेन्टमेन्टले गरेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments