काठमाडौं । सरकारले फागुनको पहिलो साता स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने भएको छ ।

स्रोतका अनुसार सरकारले ८ फागुनमा निर्वाचन मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मिति घोषणाबारे प्रमुख तीन दलका शीर्ष नेताहरूलाई जानकारी गराउनुभएको छ ।

बालुवाटारमा मंगलबार साँझ प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीबीच भएको भेटवार्तामा प्रधानमन्त्री दाहालले अव निर्वाचनको मिति घोषणामा सरकारले ढिलाई नगर्ने भन्दै ८ फागुनमा मिति घोषणा गरेर अगाडि बढ्नेबारे जानकारी गराउनुभएको थियो ।

प्रधानमन्त्रीका नीजि सचिवालयले भन्यो, ‘निर्वाचन आयोगलाई तयारी गर्न सरकारले पत्राचार गरिसकेको छ, अव निर्वाचन मिति पनि घोषणा गरेर सरकार अगाडी वढ्छ ।’ संविधानको वाध्यकारी ब्यवस्था अनुसार सरकारले आगमी ७ माघ भित्रै स्थानिय, प्रदेश र संघको निर्वाचन गराउनुपर्ने छ ।

यसअघि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठको निवास हात्तिवनमा २८ माघमा भएको बैठकमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसँग फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गर्ने बताउनुभएको थियो । मंगलवार साझको बैठकमा प्रधानमन्त्रीले निर्वाचन मिति घोषणा वारे सत्ता साझेदार दल काग्रेसको पनि धारणा वुझन खोज्नुभएको थियो ।

Comments

comments