मेलबर्न । अष्ट्रेलियाको न्यू साउथ वेल्सस्थित मारोउब्रा समुन्द्रमा सोमबार डुबेकी सृष्टि भण्डारीको शव एक दिनपछि फेला परेको छ। उनी न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत थिइन्।

उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारामा फेला परेको छ । प्रारम्भिक अनुसन्धानमा उनको मृत्यु पानीमा डुबेर भएको देखिएको छ। सृष्टिको नेपाल ठेगाना काठमाडौं रहेको बताइएको छ।

सृष्टिसँगै समुन्द्रमा डुबेका झापाका सुदीप उप्रेती समुन्द्रमा हराइरहेका छन्। प्रहरी तथा उद्धारकर्ताले हेलिकोप्टर प्रयोग गरी उनको खोजी गरिरहेका छन्। प्रहरीले उनीहरु दुवैजना एकै पटक समुन्द्रमा डुबेको अनुमान गरेको छ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments