मेलबर्न । अस्ट्रेलियाको सिड्नीस्थित मरुबरा समुद्रमा दुई नेपाली युवायुवती डुबेर बेपत्ता भएका छन् । तीमध्ये युवतीको शव फेला परेको स्थानीय प्रहरीले दाबी गरेतापनि आफन्तले अहिलेसम्म पहिचान गरिसकेका छैनन् ।

डुबेर बेपत्ता भएका सुदीप उप्रेती झापाका हुन् भने सृष्टि भण्डारी काठमाडौंकी हुन् । सुदिप तीन वर्षअघि तथा सृष्टि केही महिनाअघिमात्रै विद्यार्थी भिसामा अस्ट्रेलिया आएका थिए । सोमबार साँझ साथीहरुसँग समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि प्रहरीलाई जानकारी दिइएको थियो ।

Comments

comments