काठमाडौं। रियल मड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले ला लिगा अन्तर्गतको खेलमा पहेँलो कार्डबाट जोगिन झुटको सहारा लिएको खुलेको छ ।

ला लिगा अन्तर्गत शनिबार राति भएको ओसासुनासँगको खेलको क्रममा अफसाइड भएर पनि पहेँलो कार्डबाट जोगिए । पहिलो हाफमा गोल गर्दै क्लबलाई सुरुवाति अग्रता दिलाएका रोनाल्डो दोस्रो हाफमा पनि गोल गर्ने प्रयास गरेका थिए ।

त्यसक्रममा अफसाइड थिए, लाइन्स म्यानले झण्डा उठाए, रेफ्रीले सिठ्ठी बजाए । तर रोनाल्डोले बल प्रहार गर्न छोडेनन् । लगतै रोनाल्डोले आफूले लाइन्स म्यानले उठाएको झण्डा नदेखेको तथा दर्शकको हुटिङ चर्को भएकाले सिठ्ठीको आवाज नसुनेको संकेत गरे अनि पहेँलो कार्डबाट जोगिए ।

रोनाल्डोले यो सिजन रियल मड्रिडका लागि सबै प्रतियोगितामा गरी २६ खेलमा २१ गोल गरेका छन् भने सात गोलका लागि सहयोग गरेका छन् । यो सिजन अहिलेसम्म दुई हजार तीन सय १३ मिनेट खेलका रोनाल्डोले चारपटक पहेँलो कार्ड पाएका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments