मेलबर्न । अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थी भिसा पाउने देशहरुमा नेपाल चौथो स्थानमा परेको छ । अष्ट्रेलिया सरकारको पछिल्लो तथ्यांक अनुसार चीन, भारत र ब्राजिलपछि नेपालका विद्यार्थीहरु अध्ययनका लागि अष्ट्रेलिया सरकारको चौथो प्राथमिकतामा परेका हुन् ।

यहाँको अध्यागमन बिभागको तथ्यांक अनुसार आर्थिक बर्ष २०१५–१६ को जुनसम्मको १ बर्ष अवधिमा नेपालबाट भिषा आवेदन दिएका नेपाली विद्यार्थीहरुमध्ये ७ हजार ७ सय ५९ जनाले अध्ययन भिषा पाएका छन् । तथ्यांक अनुसार विगतको यही अवधिमा यो संख्या ५ हजार ४ सय ५९ थियो जुन अघिल्लो आर्थिक बर्षको बिद्यार्थी संख्यामा ४२ दशमलव १ प्रतिशतले बृद्धि भएको हो ।

अफसोर (विदेशी मुलकबाट अध्ययन भिषा पाउने) नेपाली विद्यार्थीहरुको संख्या र समग्र अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुको संख्याको आधारमा समेत नेपाल अष्ट्रेलियामा चौथो स्थानमा छ । जुन विश्वबाट अष्ट्रेलियामा अध्ययन भिसामा आउने बिद्यार्थीहरुको संख्याको आधारमा तथ्यांक तयार गरिएको हो । यसैगरि नेपाल र अष्ट्रेलिया दुबै देशमा रहेका नेपाली विद्यार्थीहरुमा १० हजार ६ सय ५५ जना बिद्यार्थीहरुले एक बर्षको अवधिमा अध्ययनका लागि भिषा पाएका छन् । जुन अघिल्लो वर्षको यही समयको एक बर्षमा ८ हजार ९ सयय ८७ जनाले अध्ययनका लागि बिद्यार्थी भिषा पाएका थिए ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

http://bit.ly/2lGrqv2

Comments