काठमाडौं । प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखरेल नेपाल प्रहरीको कामु महानिरीक्षकमा नियुक्त हुनुभएको छ ।

सोमवार साँझ बसेको मन्त्रिपरिषदको आकस्मिक वैठकले प्रहरी नियम संशोधन गरी प्राविधिकतर्फका एआईजी डा. पोखरेललाई नेपाल प्रहरीको कामु महानिरीक्षकमा लनियुक्त गर्ने निर्णय गरेको हो ।

पोखरेललाई कामु महानिरीक्षकमा नियुक्त भएसँगै निवर्तमान महानिरीक्षक उपेन्द्रकान्त अर्यालले हेडक्वार्टर छाड्नुभएको छ ।

३० वर्षे सेवा अवधिका कारण सोमबारबाट अनिवार्य अवकास पाउनुभएका उहाँले सोमवार नै प्रहरी हेडक्वाटर छाड्नुभएको हो ।

महानिरीक्षक अर्यालको विदाइका लागि दिउँसो साढे ३ बजे नै कार्यक्रम राखिए पनि सरकारले कामु तोक्न ढिलाई गर्दा साँझ साढे ६ बजे मात्र विदाई कार्यक्रम सुरु भएको थियो ।

अर्यालले प्राविधिकतर्फका एआईजी डा. दिनेशचन्द्र पोखेरललाई बुझबुझारथ गरेर प्रहरी हेडक्वार्टर छाड्नुभएको हो ।

Please follow and like us:

Comments