मेलबर्न । “जर्नी टू अष्ट्रेलिया स्टडी भिसा“ फेसबुक ग्रुप हो । यो ग्रुप अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुको लागि जानकारी लिने अहिले राम्रो माध्यम बनेको छ ।

यस ग्रुपमा हाल १ लाख ४६ हजार सदस्य रहेका छन् । अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले अष्ट्रेलियामा रहेका युनिभर्सिटी तथा कलेजहरुको बारेमा यस ग्रुपबाट पर्याप्त जानकारी प्राप्त गर्न सक्छन् ।

सम्बन्धित युनिभर्सिटी तथा कलेजमा पढ्ने नेपाली विद्यार्थीहरुसँग त्यहाँ पढ्न चाहने नेपालमा रहेका विद्यार्थीहरुले सोधपुछ तथा कुराकानी गर्न सक्छन् । यसले गर्दा विद्यार्थीहरुमा सूचना प्रवाहसंगै सम्बन्ध विस्तार पनि भईरहेको छ । अष्ट्रेलियामा रहेका विद्यार्थीहरुले अष्ट्रेलिया जान इच्छुक विद्यार्थीहरुसंग आफ्ना अनुभवहरु  साटासाट गर्छन् ।

अष्ट्रेलिया जान लागेका र त्यहाँ आफन्त तथा साथी नभएका विद्यार्थीहरुको लागि बस्ने ठाउँ र काम खोज्न यस ग्रुपको माध्यमबाट सहयोग पुगेको छ । यस ग्रुपले एजेन्टले दिने गलत सूचनाबाट विद्यार्थीहरुलाई बच्न मद्दत पनि पुग्ने गर्दछ । यस ग्रुपबाट भिसा प्रणाली,अध्यागमन विभाग आदिको बारेमा जानकारी मिल्छ । यस ग्रुपमा हप्ताको एक दिन इन्फर्मेसन लाइभ सेसन हुने गरेको छ,जसमा कलेज अथवा युनिभर्सिटीको रिप्रिजेन्टेटिभ, माइग्रेसन एजेन्ट, सर्टि्फिकेट काउन्सिलरमध्ये एकजना हुन्छन् ।

अष्ट्रेलिया आउन चाहने विद्यार्थीहरुको लागि अष्ट्रेलियाको शैक्षिक प्रणाली, वातावरण आदिको बारेमा सही जानकारी दिदै त्यही अनुरुपले मानसिक रुपमा तयार हुन यस ग्रुपले मद्दत गरेको छ । हाल यस ग्रुपमा दैनिक १ हजार सदस्य जोडिने गरेका छन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments