मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायका खेलाडीहरु सम्मानित भएका छन् । भिक्टोरियाको प्रतिष्ठित फुटबल क्लब यति फुटबल’ क्बले आफ्नो क्लबमा आवद्ध खेलाडीहरुलाई सम्मनित गरेको हो ।

क्लबमा आबद्ध भएका खेलाडीहरुलाई हौसला र प्रोत्साहन गर्ने उद्देश्यसहित क्लबले यही ११ फेब्रुअरी शनिबार राति साईप्रस कम्युनिटी हलमा आफ्नो पाचौं अवार्ड नाईट आयोजना गरेको हो । अवार्ड नाइटमा अघिल्लो वर्षको उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरुलाई विभिन्न विधामा सम्मानित गरियो ।

भिक्टोरिया संसद भवनको विधान परिषद्का सभामुख तेल्मो लङुइल्लेर प्रमुख अतिथि रहेको कार्यक्रममा भिक्टोरिया संसद भवनको मेडिकल रिर्सच डिपार्टमेन्टका सचिव फ्रान्क म्क्गुइरी लगायत बहुसांस्कृतिक तथा भिक्टोरीया नेपाली विभिन्न संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यसकासाथै भिक्टोरियाका लागि अवैतनिक महावाणिज्यदुत चन्द्र योञ्जन, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष केशब कडेँल, एनआरएनए अष्ट्रेलियाका सचिव टोनु घोताने, न्याभका उपाध्यक्ष तारा गैरे लगायत नेपाली समाजका विशिष्ठ व्यक्तित्वहरुको समेत कार्यक्रममा उपस्थिति रहेको थियो ।

यस वर्षको यति पर्सन अफ द ईयर अवार्ड भरत रानालाई प्रदान गरिएको थियो भने प्लेयर अफ द ईयर निराजन गुरुङलाई, प्लेयर अफ द रिजव्र्स अतिश मल्ललाई, प्लेयर अफ द जुनियर जीवन राईलाई, टप स्कोरर अभिनव कार्कीलाई र स्पेशल कन्ट्रीव्यूसन अवार्ड क्याप्टेन ज्ञान श्रेष्ठलाई प्रदान गरिएको थियो । यससँगै क्लबमा आबद्ध खेलाडीहरुलाई आगामी दिनमा अझ बढी मिहिनेतका साथ अघि बढ्नका लागि मायाको चिनो प्रदान गरिएको थियो ।

सन् २००१ मा स्थापना भएको यति क्लबले भिक्टोरियासहित अन्य विभिन्न राज्यमा समेत पुगेर फुटबलमा सहभागिता जनाउने गरेको छ । फुटबलमा मात्रै नभई यति क्लबले विभिन्न सामाजिक र परोपकारी काममा समेत उल्लेखनीय योगदान पुर्याएको छ । सन् २०१५ मा नेपालमा महाविनाशकारी भूकम्प जाँदा क्लबले २५ हजार डलर भन्दा माथिको रकम भूकम्प पीडितहरुको लागि उठाएको थियो भने २०१६ सालमा भिक्टोरीया राज्यमा भएको नेपाल फेस्टिबल २०१६ मा पनि कार्यक्रम संयोजकको रुपमा योगदान पुर्याएको थियो ।

अवार्ड कार्यक्रमलाई मनोरञ्जनात्मक बनाउन साँस्कृतिक नृत्य तथा लोकप्रिय गीत संगीत प्रस्तुत गरिएको थियो । यति क्लबमा नेपालको राष्ट्रिय फुटबल टिमका सदस्य जगजित श्रेष्ठ समेत आवद्द छन् । उनी अष्ट्रेलियाको नेशनल प्रिमियर लिगमा अनुबन्ध भएका छन् भने अनिल ओझा स्टेट लिग टूमा खेल्दछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments