१. अष्ट्रेलियन नेशनल युनिभर्सिटी
अष्ट्रेलियन नेशनल युनिभर्सिटी यो वर्ष अष्ट्रेलियाका उत्कृष्ट युनिभर्सिटीमा नम्बर एकमा आएको छ । त्यस्तै विश्वभरका युनिभर्सिटीमा २२ औं स्थानमा आएको छ । यो युनिभर्सिटी, अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको छ । यो अष्ट्रेलियन संसदले संचालन गरेको एक मात्र युनिभर्सिटी हो । यस युनिभर्सिटी २२,५०० विद्यार्थीहरु अध्ययनरत छन् । ६ नोबेल पुरस्कार विजेताहरु यस युनिभर्सिटीको विद्यार्थी र युनिभर्सिटी परिवार मध्यबाट छन् ।
२. युनिभर्सिटी अफ मेलबर्न
युनिभर्सिटी अफ मेलबर्न विश्वभरमा ४२ औं स्थानमा र अष्ट्रेलियामा दोस्रो स्थानमा आएको छ । अष्ट्रेलियाका ४ प्रधानमन्त्रीहरु र ९ नोबेल पुरस्कार विजेताहरु यस युनिभर्सिटीका उत्पादन हुन् । यो युनिभर्सिटी सन् १८५३ मा स्थापना भएको थियो ।
३.युनिभर्सिटी अफ सिड्नी
युनिभर्सिटी अफ सिड्नी अष्ट्रेलियामा तेस्रो स्थानमा र विश्वभरमा ४६ औं स्थानमा आएको छ । सन् १८५० मा स्थापना भएको यो युनिभर्सिटी अष्ट्रेलियाको सबैभन्दा पूरानो युनिभर्सिटी हो । यो युनिभर्सिटी कानून, शिक्षा, मेडिसिन, अकाउन्टिङ र फाइनान्सको लागि राम्रो मानिन्छ ।
४. युनिभर्सिटी अफ न्यू साउथ वेल्स
युनिभर्सिटी अफ न्यू साउथ वेल्स अष्ट्रेलियाको सिड्नीमा रहेको छ । यो युनिभर्सिटी विश्वमा ४९ औं स्थानमा र अष्ट्रेलियामा चौथो स्थानमा आएको छ । यो युनिभर्सिटी अष्ट्रेलियन रिसर्च युनिभर्सिटीजको संस्थापन सदस्य हो । यो युनिभर्सिटीले धेरै मिलिनियरहरु जन्माएको छ ।
५. युनिभर्सिटी अफ क्विन्सल्याण्ड
युनिभर्सिटी अफ क्विन्सल्याण्ड विश्वमा ५१ औं स्थानमा र अष्ट्रेलियामा पाँचौ स्थानमा आएको छ । यो युनिभर्सिटी ब्रिसबेनमा रहेको छ । रिसर्च संस्थाहरुको सदस्यमा यो युनिभर्सिटी पनि पर्दछ ।
६. मोनश युनिभर्सिटी
मोनश युनिभर्सिटी विश्वमा ६५ औं स्थानमा र अष्ट्रेलियामा छैठौं स्थानमा आएको छ । यस युनिभर्सिटीको नाम जेनेरल सर जोन मोनशको नामबाट राखिएको थियो । यहाँ ७०,०७० विद्यार्थी छन् । जसमध्ये २६,२०० विदेशी विद्यार्थी रहेका छन् ।
७. युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया
युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया विश्वमा १०२ औं स्थानमा र अष्ट्रेलियाको सातौँ स्थानमा आएको छ । यो युनिभर्सिटी यसको सुन्दरताको लागि प्रख्यात छ ।
८. युनिभर्सिटी अफ एडेलेड
युनिभर्सिटी अफ एडेलेड विश्वको १२५ औं स्थानमा र अष्ट्रेलियामा आठौँ स्थानमा आएको छ । यो युनिभर्सिटी अन्तर्गत अष्ट्रेलियामा पाँचवटा र सिंगापुरमा एउटा कलेज छन् । यो युनिभर्सिटी अष्ट्रेलियाको तेस्रो पूरानो युनिभर्सिटी हो ।
९. युनिभर्सिटी अफ टेक्नोलोजी
युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नीमा रहेको छ । यो युनिभर्सिटी विश्वमा १९३ औं स्थानमा र अष्ट्रेलियामा नवौं स्थानमा आएको छ । यो युनिभर्सिटी अष्ट्रेलियन टेक्नोलोजी नेटवर्कको सदस्य हो, जसमा अष्ट्रेलियाका पाँच युनिभर्सिटी रहेका छन् ।
१०. युनिभर्सिटी अफ वोल्लोन्गोङ
युनिभर्सिटी अफ वोल्लोन्गोङ विश्वमा २१८ औं स्थानमा र अष्ट्रेलियामा दशौँ स्थानमा आएको छ । यो युनिभर्सिटी न्यू साउथ वेल्समा रहेको छ । यस युनिभर्सिटीमा हाल ३२,२०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
स्रोत : टप युनिभर्सिटीज डट कम
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.