काठमाडौं  चलचित्र ला ला ल्याण्डले पाँच विधामा बाफ्टा अवर्डा जितेको छ । लण्डनको रोयल अल्बर्ट हलमा भएको अवार्ड समारोहमा ला ला ल्याण्डले सर्वोत्कृष्ट चलचित्रसहित पाँच विधामा अवार्ड जितेको हो ।ला ला ल्याण्डबाट एम्मा स्टोनले सर्वोत्कृष्ट अभिनेत्री तथा डेमियन च्याजलले सर्वोत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् ।

ला ला ल्याण्डका रायन गोस्लिङलाई पछि पार्दै म्यानचेस्टर बाई दि सिबाट केसी अफ्लेकले सर्वोत्कृष्ट अभिनेताको अवार्ड जितेका छन् । लायनका देव पटेलले सर्वोत्कृष्ट सहअभिनेता र फेन्सिसबाट विओला डेविसले सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेकी छन् ।

कसले कुन अवार्ड जिते ?

  • सर्वोत्कृष्ट चलचित्रः ला ला ल्याण्ड
  • आउडस्ट्याण्डिङ बेलायती चलचित्रः आई
  • निर्देशकः डेमियन च्याजल (ला ला ल्याण्ड)
  • अभिनेत्रीः एम्मा स्टोन (ला ला ल्याण्ड)
  • अभिनेताः केसी अफ्लेक (म्यानचेस्टर बाई दि सि)
  • सहअभिनेत्रीः विओला डेविस (फिन्सिस)
  • सहअभिनेताः देव पटेल (लायन)
  • ओरिजिनल स्क्रिन प्लेः केनेथ लनर्गन (म्यानचेस्टर बाई दि सि)
  • एडप्टेड स्क्रिन प्लेः ल्युक डेविस (लायन)
  • आउटस्ट्यानडिङ डेब्यु बाइ ए ब्रिटिस राइटर, डिरेक्टर अर प्रोड्युसरः बाबाक एन्वारी (अन्डर दि स्याडो)
  • फिल्म नट इन दि इंग्लिस ल्याङ्ग्वेजः सन अफ साउल
  • डकुमेन्ट्रीः थर्टिन्थ
  • एनिमेटेड फिल्मः कुबो एण्ड दि टु स्ट्रिङग्स
  • ओरिजिनल म्युजिकः जस्टिन हुर्विट्ज ९ला ला ल्याण्ड०
  • सिनेम्याटोग्राफीः लिनुस सान्डग्रेन (ला ला ल्याण्ड)
  • एडिटिङः जोन गिल्बर्ट (हाक्स रिड्गे)
Please follow and like us:

Comments