काठमाडौं। इंग्लिस प्रिमियर लिगको लिडर चेल्सीले १२ अंकको अग्रता लिने मौका गुमाएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी १२ पुर्‍याउने मौका गुमाएको हो । सातौं मिनेटमा पेड्रोको गोलबाट सुरुवाति अग्रता लिए पनि चेल्सीले जित निकाल्न भने सकेन ।

घरेलु मैदानमा भएको खेलमा २४ औं मिनेटमा रोबी ब्रेडीले बर्नलीका लागि बराबरी गोल फर्काए । पहिलो हाफअघि चेल्सीले केही सुन्दर थप मौका बनाएको थियो तर गोल भने हुन सकेन ।

डिएगो कोस्टाले दुई पटक गोलका लागि प्रयास गरेका थिए तर बर्नलीको डिफेन्सले त्यसलाई सफल हुन दिएन । बराबरीपछि शीर्ष स्थानको चेल्सीको २५ खेलबाट ६० अंक भएको छ ।

चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा १० अंकले अघि छ । बर्नली २५ खेलबाट ३० अंकसहित तालिकाको १२ औं स्थानमा छ ।

Comments

comments