नेपालमा दर्जनौं  म्यूजिक भिडियो,  र्याम्प, दुई ओटा टेलिभिजन  सिरियल हुँदै पछिल्लो पटक ठुलो पर्दाको  निर्माणाधीन चलचित्र ” जंग बहादुरको कोट ”  मा नायिकाको रुपमा  काम गरिसकेकी सुचित्रा आचार्य हिजो आज  अष्ट्रेलियामानै जमेर बसेकी छिन्  । सुचित्रा भन्छिन्, “आफ्नो त ग्ल्यामर मै दिल बस्यो”  |  ग्ल्यामर को दुनियाँ उनको रुची र चाहनाको क्षेत्र हो जसमा उनि बर्षौ देखि रमाई रहेकी छिन् | ग्ल्यामर कै  दुनियाँमा आफ्नो स्थान बनाइ  सकेकी सुचित्रालाई यसमै खुशी मिलेको छ | सुचित्रा एक समय नेपालका म्यूजिक भिडियो र विज्ञापनहरुमा एकछत्र पहिचान  बनाउन सफल भएकी थिईन् | त्यसैले उनको अनुभवमा  अहिले सम्म आफुले केहि पनि नगुमाएको कुरामा ढुक्क छिन् |
1972484_10152225881938798_18250651_n
मोडलिङमा आफ्नो विशिष्ट छाप छोडी सकेकी सुचित्राले  ठुलो पर्दाको चलचित्रमा भने नयाँ अनुभव  बटुलेकी हुन् | टेलिभिजन सिरियलमा अनुभव बटुली सकेकी उनले ठुलो पर्दाका दर्शकबाट कस्तो प्रतिक्रिया पाउनेछिन् त्यो चाहिँ निकट भविष्यमा औं लागेको चलचित्र  ” जंग बहादुरको कोट ”  हेर्नै पर्ने हुन्छ |
62592_10151585949898798_76475532_n
स्कुले जीवनका साथी संगीको सम्झनाले बेला बेलामा सताउँछ उनलाई | त्यसो त नेपालमा रहंदा बस्दा परिवार सँग बिताएका हरेक पल सम्झिरहेकी छिन् सुचित्रा | बैबाहिक जीवन परिवार सहित अष्ट्रेलियामा बिताई रहेकी सुचित्रा अष्ट्रेलियामा गरि खाने महिलाका रुपमा चिनाउन चाहन्छिन | ग्ल्यामरको दुनियामा अभिनय र मोडलिंङलाई सँग संगै अघि बढाउने उनको भविष्यको योजना पनि उनले तय गरेकी छिन्  |
52969_10151231084898798_799835006_o
परिवर्तित समाज र बदलिँदो जीवन दैनिकीकै बीच महिला , अपांगहरु प्रतिको परम्परागत  धारणामा  परिवर्तन आएको हेर्ने चाहना राख्छिन नायिका आचार्य | गरिबी र जात विशेषको नाममा कायम रहेको सामाजिक  भेदभाव पनि सदाका लागि मेटिनु पर्छ  भन्ने उनको धारणा छ    ।
हामी संगको छोटो मिठो यो कुराकानीमा एक असल नागरिकको  हैसियतले मानव जाति लगाएत सबै प्राणीको हितमा लाग्न सबैलाई एउटै सन्देश दिन चाहन्छिन् नायिका तथा मोडल सुचित्रा आचार्य |

Comments

comments