मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा जारी एक्पर्ट एडुकेशन न्याभ कप क्रिकेट टुर्नामेन्ट २०१७ अन्तर्गत आइतवार पाँचौं चरणका खेलहरु सम्पन्न भएका छन् ।

स्थानीय टिडब्लु ब्लेक लेक पार्कमा भएको पाँचौं चरणका खेलहरुमा गोर्खाली लायन्स,नर्रे किङ्स र सगरमाथा रेनेगेडेस विजयी भएका छन् । सगरमाथा स्टार्सलाई पाखा लगाउँदै गोर्खाली लायन्सले पाँचौं चरणको पहिलो विजेता बन्दा दोस्रो खेलमा नर्रे किङ्सले नेपालय राइनोजलाई पराजित गर्यो । यस्तै आइतवार नै भएको तेस्रो तथा अन्तिम खेलमा इष्टर्न ब्लुजलाई हराउँदै सगरमाथा रेनेगेडेस विजयी भयो ।

आइतवार सम्पन्न पाँचौं चरणका खेलमा गोर्खाली लायन्सका किरण कँडेल,सगरमाथा रेनेगेड्सका सुसन गुरुङ र नर्रे किङ्सका ह्यारी सापकोटा एक्सपर्ट एडुकेशन म्यान अफ द म्याच घोषित भए ।

आगामी मार्च १२ सम्म जारी रहने टुर्नामेन्ट अन्तर्गत छैटौं चरणको खेल भने आउँदो आइतवार १९ फेब्रुअरीमा हुने आयोजकले जनाएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments