मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा १३ फेब्रुअरी २०१७ सोमवार का “तिमी नै हौ“ भ्यालेन्टाइन स्पेशल सांगीतिक कार्यक्रमको आयोजना गरिएको छ । उक्त कार्यक्रममा गायक सविन राई र द फरोहको प्रस्तुति रहनेछ ।

थेरापी नाइट क्लबमा हुने उक्त कार्यक्रम बेलुका आठ बजेदेखि सुरु हुनेछ । कार्यक्रममा अठार वर्ष भन्दा माथिकालाई मात्र प्रवेश दिइनेछ । प्रवेश शुल्क ४० डलर रहेको छ भने अग्रिम बुकिङ्ग गर्नेहरुको लागि छुट सहित २५ डलर मात्र रहेको छ ।

बर्थडे गर्लले ९ बजे भन्दा अगाडि निःशुल्क प्रवेश पाउनेछन् । एकजना भाग्यशाली दर्शकले एभरेस्ट भ्यू ट्राभल एण्ड टुर्सको तर्फबाट गन्स एण्ड रोजेज नट इन दिस लाइफटाइम टुरको दुईवटा टिकट जित्नेछन् ।

कार्यक्रमको आयोजना जेन माइग्रेसन एण्ड एजुकेसनले गरेको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments