मेलबर्न । अष्ट्रेलिया बस्दै आएका नेपालका प्रतिभाशाली संगीतकार टिका दाहालको संगीतमा रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ ।

’माया जालैमा’ शिर्षकको गीतमा अस्ट्रेलियामा नै बस्दै आएकी गायिका अबुन पाण्डेको सुमधुर स्वर सजिएको छ । गीतको रचना राजेन्द्र शलभले गरेका हुन् ।

सन्देश परियारको संगीत संयोजन रहेको ’माया जालैमा’ म्युजिक भिडियोमा राजबहादु शाही र शुभांगीनीले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायांकन,सम्पादन र निर्देशन जीवन रसाइलीले गरेका हुन् ।

म्युजिक भिडियोलाई गोल्डेन कंगारू फिल्मस्ले बजारमा ल्याएको हो ।

Comments

comments