काठमाडौं । शिक्षामन्त्री धनीराम पौडेलले आगामी दुई हप्ताभित्र संशोधित शिक्षा नियमावली जारी हुने बताउनुभएको छ ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय सचिवालय बैठक तथा विधान अधिवेशनको शनिबार उद्घाटन गर्दै मन्त्री पौडेलले कानुन मन्त्रालयबाट एकहप्ताभित्रै सहमति आउने र त्यसपछि मन्त्रिपरिषद्मा लगिने जानकारी दिनुभयो ।

गएको असार १५ बाट संशोधित शिक्षा ऐन लागू भएपनि नयाँ शिक्षा नियमावली जारी हुन ढिलाइ भएको छ । उहाँले संसद्ले पारित गरेको ऐनको मर्मअनुसार त्यसका व्यवस्थाहरु पालना गर्ने गरी नियमावली बनाइएकोमा अर्थ मन्त्रालयले कतिपय विषयमा सहमति नदिएकाले त्यस विषयमा पनि मन्त्रिपरिषद्मा छलफल हुने बताउनुभयो ।

सङ्गठनका वरिष्ठ उपाध्यक्ष शङ्कर अधिकारीले विधान अधिवेशनले केही पदाधिकारीको हेरफेर, अस्थायी शिक्षक र विद्यालय कर्मचारीको माग पूरा हुनेगरी नियमावली संशोधनको माग गर्ने निर्णय गरेको जानकारी दिनुभयो । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments