काठमाडौं। आठ वर्षपछि हुन लागेको स्ववियु चुनावका लागि आइतबारबाट प्रक्रिया सुरु हुँदै छ । त्रिविमा क्रियाशील १० विद्यार्थी संगठन १४ फागुनमै चुनाव सम्पन्न गर्न सक्रिय भएका छन् । केही संगठन भने अझै चुनावको विपक्षमा देखिएका छन् । त्रिविले भने सबैलाई चुनावी प्रक्रियामा सहभागी भएर सहयोग गर्न अपिल गरेको छ ।

त्रिविले यसअघि नै सार्वजनिक गरेको चुनावको कार्यतालिकाअनुसार १ फागुनमा मतदाता सुची प्रकाशित गर्ने कार्यक्रम छ । ३ फागुनमा मतदाता सुचीमा दाबी विरोध गर्ने र मतदाताको नामावली प्रकाशित गर्ने कार्यतालिका छ । कार्यतालिकाअनुसार १४ फागुनमा मतदान हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments