एजेन्सी। भनिन्छ,  राजनीति र चलचित्रको रङ्गिन संसारमा लामो समय न कसैको दोस्ती हुन्छ न दुश्मनी । पछिल्लो समय बलिउडमा किङ्ग खान अर्थात शाहरुख खानको जीवनमा यो भनाई वास्तविक साबित भएको छ ।

विषेशतः कुनै समय मित्र रहेका सलमान खानसँगको लामो समयको दुश्मनीलाई भर्खरै अन्त गरेका शाहरुख अब आमिर खानसँग पनि नजिक भएको खबरले बलिउडमा चर्चा चुलिएको छ । एकअर्काका विरुद्धमा सँधै तीखो टिप्पणी गर्दै आएका  दुवैजनाको सेल्फी बाहिर आएपछि यी दुई कलाकारबीचको चिसो सम्बन्धमा घाम लागेको अड्कल गरिएको हो ।

बलिउडमा शाहरुख र आमिरकोबीचको दुश्मनीको निकै चर्चा हुने गर्छ । तर हालसालै आएकोे दुई नायकको सेल्फीले भने अब यी नायकबीच सबै ठीक भएको संकेत गरेको हो । दुबईमा एउटा जन्मोत्सव समारोहमा सँगै भाग लिएका बेला उक्त सेल्फी लिइएको बताइन्छ । आमिर र शाहरुखको सेल्फी करण जौहरले आफ्नो ट्वीटर अकाउन्टबाट शेयर गरेका हुन् ।

यसअघि शाहरुख र आमिरले धेरैपटक एकअर्काको विरुद्धमा बोलेका छन् । एकपटक आमिरले आफ्नो कुकुरको नाम शाहरुख भएको बताएका थिए भने प्रत्युत्तरमा शाहरुखले आफ्नो कुकुरले पनि आमिर नाम राख्न सम्म मननपराउने बताएका थिए । यसैगरि एक अर्को प्रसङ्गमा शाहरुखले आफ्ना बच्चाहरु कहिले पनि आमिरको फ्यान बन्न नसक्ने पनि भनेका थिए ।

आमिरले भने सन् २००९ मा एक अन्तर्वार्ता दिने क्रममा शाहरुखको चलचित्रहरुले बक्स अफिसमा खासै राम्रो प्रर्दशन नगरेका कारण उनी बौलाएको सम्म भन्न भ्याएका थिए ।  यसरी निकै तल्लोस्तरको बयानबाजीमा उत्रिएर एक अर्काको विरोध गर्ने वलिउडका दुई हस्तीको सँगै रहेको सेल्फी बाहिर आउनुले अब यी बीचको सम्बन्धमा सुधार आएको अड्कल काटिएको हो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments