एजेन्सी। जेल दोषीलाई यताना दिनका लागि होइन, दोषीहरुको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउनको लागि हुनुपर्ने आवाज निरन्तर उठ्दै आएको छ । त्यसै अनुरुप कतिपय जेलमा कैदीहरुलाई विभिन्न सीपमुलक तालिम, प्रवचन लगायतका कक्षाहरु पनि दिइने गरेको छ । त्यस्तै भारतको दिल्ली स्थित तिहाड जेल जहाँ भारतका माहिर अपराधीहरु कैद छन् त्यहाँ फेशन शोको आयोजना गरिएको छ ।

बुधबार मात्रै एक फेशन इन्स्टीट्युटका केही युवतीहरुले तिहाड़ जेलमा डिजाइनर कपडाको प्रदर्शन गरेका छन् । सेन्ट्रल जेलमा एक नयाँ ‘फेशन ल्याब’को शुरुवात पनि गरिएको छ । यो फेशन शो पनि त्यसै अवसरमा आयोजना गरिएको थियो ।  कैदीहरुलाई फेशनको चाल सिकाउनका लागि आगामी दिनमा भारतका प्रतिष्ठित र नामी फेशन संस्थाबाट बिज्ञहरुलाई बोलाइने बताइएको छ ।

‘फेशन ल्याब’को शुरुवात पुनर्वास परियोजना अन्तर्गत तय गरिएको हो । यसले महिला कैदीहरुको शीपलाई नयाँ आकार दिन सक्ने विश्वास लिइएको छ । साथै जेलबाट बाहिर निस्कदा बाँकी जीवनका लागि हातमा सीपका साथ नयाँ जीवनका लागि तयार होउन् भन्ने पनि यो कार्यक्रमको उद्धेश्य रहेको बताइएको छ ।

कारागारका महानिर्देशक सुधीर यादवले भनेका छन् , ‘राष्ट्रिय विकासमा योगदानलाई ध्यानमा राखि यो कदमलाई पहल गरिएको हो । कारागारमा रहने कैदीहरुलाई फेशन डिजाइनिंग सम्बन्धि आधारभूत शीप सिक्ने अवसर पनि दिइनेछ ।’  तीन महिनाको यस फेशन कार्यक्रम पूरा हुने बित्तिकै कैदीहरुलाई फेशन इन्स्टीट्यूट पर्ल एकेडेमीको सहयोगले यस्तै फेशन शो गर्ने मौका मिल्नेछ । यसबाट महिला कैदीहरुलाई सशक्तिकरणमा सहयोग मिल्नुका साथै उनीहरुमा आत्मविश्वास बढ्ने अपेक्षा गरिएको छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments