मेलबर्न । यदि तपाईं उद्यमशील सोंचको हुनुहुन्छ र विश्वव्यापी रुपमा लगानी गर्न चाहनुहुन्छ भने न्यूजिल्याण्डको ग्लोबल इम्प्याक्ट भिसा तपाईंको लागि हुनसक्छ ।

यो भिसा उद्यमी, लगानीकर्ता र सुरुवाती उद्यमीहरुको लागि हो । न्यूजिल्यान्डको अध्यागमन विभागले यो भिसाको लागि एडमण्ड हिलारी फिलोसिपसंग साझेदारी गरेको छ ।

एडमण्ड हिलारी फिलोसिप तीन वर्षे कार्यक्रम हो । यस कार्यक्रम अन्तर्गत वर्षमा २ पटक उद्यमी, लगानीकर्ता र सुरुवाती उद्यमीहरुको आवेदन लिईन्छ । प्राप्त आवेदनहरुबाट उत्कृष्टलाई ग्लोबल इम्प्याक्ट भिसाको प्रक्रिया थाल्न निम्त्याईन्छ । चुनिएका आवेदकहरुलाई विभिन्न कार्यक्रम, सेमिनार, मेन्टरद्वारा मार्गनिर्देशन गरिन्छ ।

एडमण्ड हिलारी फिलोसिपको यसपालिको आवेदन दिने मिति २०१७ अप्रिल ३० सम्म रहेको छ ।

Photo Source : sbs.com.au

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments