काठामाडौं । नेपालमा पहिलोपटक गरिएको अनिच्छित गर्भ र गर्भपतनसम्बन्धी राष्ट्रियस्तरको अध्ययनले ५० प्रतिशत गर्भ इच्छा विपरित हुने गरेको निष्कर्ष निकालेको छ ।

नेपालमा कुल गर्भमध्ये ३१ प्रतिशत र अनिच्छित गर्भमध्ये ६२ प्रतिशत गर्भपतन हुने गरेको छ ।

नेपालमा बार्षिक ३ लाख २३ हजार गर्भपतन हुने तथ्यांकले देखाएको छ । जसमध्ये ५८ प्रतिशत गर्भपतन गैरकानुनी र असुरक्षित रुपमा हुने गरेको छ ।

वातावरण स्वास्थ्य र जनसंख्या कार्यक्रम अनुसन्धान केन्द्र (कृपा) ले गरेको अध्ययनले नेपालमा अनिच्छित गर्भधारण र गर्भपतनको यस्तो स्थिति देखाएको हो ।

अध्ययनले नेपालमा वार्षिक ४८ हजार गर्भ रहने देखाएको छ । अध्ययनले ५० प्रतिशत अनिच्छित गर्भमध्ये सबैभन्दा बढी मध्यमाञ्चल क्षेत्रमा ५९ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिमाञ्चलमा ३४ प्रतिशत रहेको देखाएको छ ।

Comments

comments