काठमाडौं । करिब ६ महिनादेखि रोकिएको हास्य टेलिश्रृंखला ‘भद्रगोल’ शुक्रवारदेखि प्रसारण हुने भएको छ । भद्रगोल उत्पादक ‘मिडिया हब’ ले नेपाल टेलिभिजनलाई तिर्नुपर्ने रकम नतिरेपछि टेलिभिजनले १०९ औं श्रृंखलामा कार्यक्रम रोकिदिएको थियो ।

टेलिभिजनसँग समय किनेर कार्यक्रम चलाउदै आएको मिडिया हबले  भुइँचालोपछि विज्ञापन कम आएको भन्दै टेलिभिजनसँग विज्ञापनको शुल्क घटाउन अनुरोध गरेको थियो ।  तर, टेलिभिजनले मुल्य नघटाएपछि  पुरानै दरमा सम्झौता भएर कार्यक्रम प्रसारण गर्न लागिएको हबका प्रमुख सोम धितालले बताउनुभयो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments