मेलवर्न । करिब सन् १९९७ मा स्थापना भएको चितवनको ब्याण्ड ‘द स्याडोज नेपाल’ २० औं वार्षिक उत्सव मनाउन व्यस्त छ । अस्ट्रेलियामा रहेका दर्शक स्रोतासँग खुसियाली बाँड्दै सांगीतिक कन्सर्टहरुमा ‘द स्याडोज नेपाल’को टोली सक्रिय छ ।

अस्ट्रेलियाका मुख्य सहरहरु सिड्नी, ब्रिसबेन, मेलवर्न र एडिलेडमा प्रस्तुति दिएको उक्त ब्याण्ड सन् २००३ मा ‘सुन हाम्रो आवाज’ एल्बम मार्फत सांगीतिक ब्यवसायमा आएको थियो । ब्याण्डमा स्वप्निल शर्मा (भोकल) प्रकाश रसाईली (लिड गीतार) अमित प्रधान (बेस गीतार) सुजन मानन्धर (गीतार) साहिल रीसेल (ड्रम) रहेका छन् ।

‘हिँड्ने मान्छे लड्छ’ गीतबाट नेपाली सांगीतिक बजारमा चर्चा बटुल्न सफल भएको बिगतका दिन सम्झदै गितारिस्ट अमित प्रधान भन्छन्, ‘१९९७ मा स्थापना पछि हामी केहि समय लिएर बजारमा आयौ, त्यो बिचको समय केहि गह्रो थियो । चितवनबाट काठमाडौं रेकर्ड गर्न जानु पर्दथ्यो ।’

नेपालको राजनीतिक अस्थिरताले गर्दा अवसरको खोजीमा ब्याण्डका सदस्यहरु बिदेशतिर लागेको अमितले बताए । अमितसँगै प्रकाश पनी बिदेशमै छन् । ‘भूगोलको दुरीले गर्दा यो बीसौं बर्ष मनाउँदा सँगै भएको भए अझै धरै कुरा गर्न सकिन्थ्यो की भन्ने लाग्छ ब्याण्डका सबै सदस्यहरुलाई । आगामी योजनाको बारेमा आफूलाई सामाजिक समूह नै भनेर चिनाउने ‘द स्याडोज नेपाल’का सदस्यहरु बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments