एजेन्सी । अमेरिकी संस्थ नासाले एक शताब्दीदेखि पृथ्वीको वरिपरि परिक्रमा गर्ने १२० देखि ३०० फिट व्यास भएको एउटा पिण्डलाई चन्द्रमाका रुपमा स्वीकार गरेको छ । उक्त पिण्डले आफ्नै कक्षमा रहेर सूर्यको परिक्रमा गर्ने क्रममा एक शताब्दीदेखि पृथ्वीको पनि परिक्रमा गरिरहेको तथ्य फेला परेपछि नासाले पृथ्वीको दोस्रो चन्द्रमा फेला परेको बताएको हो ।

asteroid 2016 HO3 नाम दिइएको पिण्ड गत अप्रिल २७ मा हवाइ युनिभर्सिटीको Pan-STARRS 1 asteroid सर्भे टेलिस्कोपबाट पहिलो पटक देखिएको हो ।

एक शताब्दीदेखि पृथ्वीको परिक्रमा गरिरहेको पिण्डले थप केही शताब्दी पृथ्वीको परिक्रमा गर्ने अनुसन्धानमा संलग्न टोलीले जानकारी दिएको छ ।

नासा अन्तर्गतको पृथ्वी वरपरका बस्तुको अध्ययन गर्ने केन्द्रका व्यवस्थापक पल कोड्सका अनुसार उक्त पिण्डको पृथ्वीसँगको दूरीका कारण यो सानो चन्द्रमा आफै एउटा सिङ्गो उपग्रहभन्दा पनि अर्ध उपग्रह हो ।

पलका अनुसार उक्त पिण्ड कहिले पृथ्वीको अगाडि त कहिले पछाडिबाट घुम्ने गर्छ । तर जति नै टाढा गएपनि पृथ्वीको गुरुत्वाकर्षण शक्ति यति धेरै बलियो छ कि उक्त सानो चन्द्रमालाई आफ्नै वरिपरि रहेको चन्द्रमा भन्दा सय गुणा दूरीकै आसपास अडाइराख्ने पनि अनुुसन्धानले देखाएको पलले जानकारी दिए ।

Comments