काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योटुकी कोजीले एएफसी एसियन कप छनौट २०१९ का लागि सुरुवाती चरणमा ३६ जना खेलाडी छनौट गरेका छन् ।

गएको नोबेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टिमका २३ खेलाडीमा अरु १३ खेलाडी मिसाइएको हो । ३६ जना खेलाडीको प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुनेछ । मनाङ मर्स्याङ्दी क्लबमा भएका खेलाडी भने प्रशिक्षणमा पछि मिसिनेछन् । मनाङ मर्स्याङ्दी क्लब बंगलादेशमा हुने कमल इन्टरनेशनल कपमा सहभागी हुने भएकाले त्यो प्रतियोगितापछि मात्र मनाङका खेलाडी प्रशिक्षणमा आउने भएका हुन् ।

रबी पासवान, विश्व अधिकारी, बिमल पाण्डे, बिमल बस्नेत र युवराज खड्का पहिलो पल्ट राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका हुन् । जिल्ला जिल्लामा भइरहेका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कोजीले उनीहरुलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका हुन् । एएफसी एसियन कपमा नेपालको पहिलो खेल फिलिपिन्ससँग आगामी चैत १५ गते हुनेछ ।

को को छन् ३६ खेलाडीमा ?

  • बिकेश कुथु
  • रबिन श्रेष्ठ
  • बिराज महर्जन
  • अनन्त तामाङ
  • दिपक गुरुङ
  • आदित्य चौधरी
  • बिमल घर्ती मगर
  • बिशाल राई
  • रञ्जन बिष्ट
  • अनिल गुरुङ
  • हेमन गुरुङ
  • बिक्रम लामा
  • कमल श्रेष्ठ
  • अञ्जन विष्ट
  • सुजल श्रेष्ठ
  • किरणकुमार लिम्बु
  • सुमन लामा
  • नवयुग श्रेष्ठ
  • देबेन्द्र तामाङ
  • बिशाल श्रेष्ठ
  • राजेन्द्र रावल
  • रञ्जित धिमाल
  • एलान न्यौपाने
  • कर्ण लिम्बु
  • युवराज खड्का
  • रबि पाशवान
  • विश्व अधिकारी
  • बिमल पाण्डे
  • सुनिल बल
  • जितेन्द्र कार्की
  • मनबहादुर तामाङ
  • दिनेश राजबंशी
  • रोहित चन्द
  • हेमन्त थापामगर
  • बिमल बस्नेत
  • भरत खवास

Comments

comments