काठमाडौं । दृष्टिविहीन विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेटमा बिहीबार न्युजिल्याण्डविरुद्धको खेलमा नेपाल १ सय ४१ रनले विजयी भएको छ । यो नेपालको दोस्रो जित हो । यसअघि नेपालले दक्षिण अफ्रिकालाई ६ विकेटले हराएको थियो ।

बिहीबारको खेलमा नेपालका पदमबहादुर बडैलाले अविजित २ सय ११ रन बनाए । उनले ९० बलमा ३६ चौकाको सहाराले २ सय ११ रन बनाएका हुन् । यस्तै सोभाराम डाँगीले ३९ बलमा ५३ रन बनाए । नेपालले १५ दशमलव ६२ प्रतिओभरको औषतमा रन बनाएको हो ।

३ सय १६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १९ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ७४ रन मात्र बनाउन सक्यो । न्युजिल्याण्डका बिडी विल्सनले ४५ बलमा ७२ रन बनाए । यस्तै मारक्विले म्याक्यास्किलले १७ बलमा २० रन बनाए । नेपालका सुनिल सुवेदीले दुई साथै बिक्रमबहादुर राना, बद्रि चौलागाइँ र कृतन श्रेष्ठले एक एक विकेट लिए ।

यसअघि बुधबार नेपाल भारतसँग १ सय ५२ रनले पराजित भएको थियो । यस्तै नेपाल इंग्ल्याण्डसँग ९० रनले, श्रीलंकासँग १ सय ३१ रनले, पाकिस्तानसँग १० विकेटले, बंगलादेशसँग ५९ रनले तथा अष्ट्रेलियासँग १० विकेटले हारेको थियो ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments