मेलबर्न। अष्ट्रेलियाको क्वीनस्ल्याण्ड विश्व विद्यालयका एक खगोलविद्ले ४० वर्ष लगाएर अन्तरिक्षको बीच भागमा मध्यम खालको ब्ल्याक होल पत्ता लागाएका छन् ।

यो ब्ल्याक होल पत्ता लगाउन विश्वविद्यालयका खगोलविद् सहायक प्राध्यापक होल्गर बमगर्टले महत्वपूर्ण भुमिका खेलेका हुन् । उनको यो खोजले खगोविद्हरुलाई आकाश गंगाहरुको रचना कसरी हुन्छ र विकासक्रम कस्तो हुन्छ, भन्ने बुझ्न सहयोग हुने बताएका छन् ।

उनका अनुसार ब्ल्याक होलहरु हाम्रा सूर्य भन्दा सानो, केही ठूलो वा निकै ठूलो हुने र वजनमा पनि हाम्रो सौर्य मण्डलभन्दा लाखौं गुणा बढी हुन्छन् । उनले पत्ता लगाएको ब्ल्याक होल भने अन्तरिक्षको बीच भागमा रहेको मध्यम खालको भएको र हाम्रो सौर्यमण्डलभन्दा २२ हजार गुणा ठूलो भएको बताइएको छ ।

उनले आफ्नो यो अध्ययनले अन्तरिक्षमा कुनै जीव रहेको वा नरहेको भन्ने बारे भने कुनै प्रकाश पार्न नसक्ने पनि बताएका छन् । यद्यपी उनको यो खोजले आकाश गंगाको विकासक्रमको बारेमा जानकारी लिन मद्धत गर्ने पनि बताएका छन् ।

Comments

comments