एजेन्सी । नेपालले भारतमा जारी दोस्रो नेत्रहिन टि–ट्वान्टी विश्वकप क्रिकेटमा दोस्रो जित हात पारेको छ ।

भारतको कर्नाटकमा बिहीबार भएको खेलमा न्युजिल्यान्डलाई १ सय ४१ रनले पराजित गर्दै नेत्रहीन विश्वकप टी–२० क्रिकेटमा दोस्रो जित हात पारेको हो ।

कर्नाटक क्रिकेट एसोसिएसनको मैदानमा नेपालले दिएको ३ सय १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै मात्र १ सय ७४ रन जोड्न सफल भयो । खेलमा न्युजिल्यान्डका ब्रेट विल्सनले ७२ तथा मार्कक्वेलाले २० रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले राम्रो स्कोटर गर्न सकेनन् । बलिङ तर्फ नेपालका लागि सुनिल सुवेदी क्षेत्रीले दुई विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पदमबहादुर बडैलाको दोहोरो शतकीय पारी खेले । नेपालले निर्धारित २० ओभरमा बिना विकेटको ३ सय १५ रनको योगफल तयार पारेको थियो । खेलमा नेपालका लागि पदमबहादुर बडैलाले अविजित २ सय ११ रनको दोहोरो शतकीय पारी खेले । त्यस्तै नेपालका लागि सोभराम डाँगीले पनि अविजित ५३ रन जोडे ।

योसँगै बडैला अन्तर्राष्ट्रिय क्रिकेटमा दोहोरो शतक बनाउने पहिलो नेपाली क्रिकेटर बनेका छन् । यसअघि नेपालका कुनै पनि खेलाडीले अहिलेसम्म दोहोरो शतक बनाउन सकेका छैनन् । जीतसंगै  नेपालले दुई जीत र सात हारसहित प्रतियोगिता टुंगाएको छ  । प्रतियोगितामा नेपाल,अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान, वेष्ट इन्डिज, श्रीलंका, इंग्ल्याण्ड र भारतसँग पराजित भएको थियो भने दक्षिण अफ्रिकामाथि जीत हासिल गरेको थियो ।

Comments

comments