एजेन्सी । बंगलादेशकी चर्चित मोडल ज्याकलिन मिथिलालले आत्महत्या गरेकी छिन् ।

उनले सामाजिक सञ्जालमा आत्महत्या गर्न लागेको सन्देश पोष्ट गर्दै फेब्रुअरी ३ तारिखमा पासो लगाएर आत्महत्या गरेकी हुन् । मोडलका बुवा स्वप्न शीले बुधबार यसबारे मिडियालाई जानकारी दिएका हुन् ।

मोडल मिथिलाले आत्महत्या गर्नु केही दिन पहिले फेसबुक पोष्टमा लेखेकी थिइन्, ‘म भोलि आत्महत्या गर्नेछु । मलाई कसैले न धोका दिएको छ, न मैले कसैलाई । तर पनि म भोलि आत्महत्या गर्नेछु ।’

उनको शव आधा कुहिएको अवस्थामा फेला परेको थियो ।

ज्याकलिनका बुवाले भने आफ्नी छोरीको आत्महत्यामा उनको श्रीमानको घरलाई दोषी बताएका छन् । उनले भने, ‘मेरी छोरीले आफ्ना सासू–ससूराको अपमानजनक व्यवहारले आजित भएर आत्महत्या गरेकी हुन् ।

मिथिला र उनका श्रीमानबीच सम्बन्ध राम्रो नरहेको र दैनिक झगडा हुने गरेको खुलेको छ । उनको घरका सदस्यले उनलाई निच देखाउन कुनै मौका छोड्दैनथे । उनीहरुको यस्तो व्यवहारले आफ्नी छोरीले आत्महत्या गर्न बाध्य भएको दाबी गर्दै उनको वुवाले न्यायको माग गरेका छन् । ज्याकलिन घरको एक्ली छोरी थिईन् ।

उनबुवा स्वप्न शीलले आठ व्यक्तिविरुद्ध मुद्दा दर्ता गराएका छन् । ज्याकलिनले उतपल रोय नामका व्यक्तिसँग विवाह गरेकी थिइन् ।

Please follow and like us:

Comments