मोरङ । माघको ठिही, पश्चिमका चिसो हावा, न त खुट्टामा जुत्ता चप्पल छ न आङभरि एकसरो लुगा । सन्तानलाई दुई छाक जाउलो जुटाउनै समस्या छ, दक्षिणी मोरङको सिजुवा–३ का फागुलाल ऋषिदेवलाई । ३८ वर्षीय फागुललाका दुई छोरा र छ छोरी छन् । वर्षेनि जस्तो एकपछि अर्को गरी जन्मिएका छोराछोरीलाई चिसो छल्ने लुगाफाटो भन्दा पेटभरी खाने अन्नको जोहोमा नै फागुलालको ध्यान केन्द्रीत छ ।

उहाँ भन्नुहुन्छ, पेटभरि आन पाए भने जाडो घुर (परालको पताईमा बालेको आगो) तापेर पनि काट्न सकिन्छ नि । फागुलालकी जेठी छोरी उहाँभन्दा १७ वर्ष मात्र कान्छी छन् तर छोरीलाई ज्वाइँ खोज्ने बेलासम्म सन्तानको इच्छा फागुललाको रहर होइन, बाध्यता हो अरे । उहाँ भन्नुहुन्छ, छोरा भएन, हाम्रो जातमा छोरा भएन भने कुटुम्ब पनि आउँदैन, काजकिरिया गर्न पनि छोरो नै चाहिन्छ ।

उहाँले छोरा पर्खदा पर्खंदै आठ सन्तानको बाबु बन्नुपरेको नियति सुनाउनुभयो । त्यसो त सिजुवा–३ मा उहाँ मात्र छोराको पर्खाइमा धेरै सन्तानको बाबु बन्नुभएको होइन । हब्बुला पाँचजना छोराछोरीको बाबु बनिसक्नुभएको छ । भन्नुहुन्छ, लगातार चार छोरी जन्मिए, छोरा पर्खदा पर्खंदै पाँच सन्ता भइसके ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments