काठमाडौं । नेपालबाट विश्वका धेरै देशमा विभिन्न सामग्री निर्यात हुन्छन् तर अत्यन्तै सानो संख्यामा । त्यही सानो संख्यामा निर्यात हुने एक वस्तु हो ‘फल्स वियर्ड’ अर्थात् नक्कली दाह्री ।
सुन्दा अचम्म लाग्न सक्छ तर नेपालबाट नक्कली दाह्री, आइब्रो, आइलेसलगायत शृंगारका सामग्री निर्यात भएको सरकारी तथ्यांकमा उल्लेख छ । थत आर्थिक वर्षमा नेपालबाट १ लाख ५४ हजार ५ सय रुपैयाँको यस्ता सामग्री निर्यात भएका छन् । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार ‘विग, फल्स वियर्ड, आइब्रो, आइलेस र अदर’ शीर्षकमा ती सामग्री निर्यात भएका हुन् ।
गत अािर्थक वर्ष नेपालबाट एक हजार ५ सय केजी कपाल निर्यात भएको छ । पाँच वर्षअघि आर्थिक वर्ष २०६८÷६९ उक्त शीर्षकमा १ लाख ३० हजार रुपैयाँबराबरको ३ हजार केजी चीन र भारत निर्यात भएको तथ्यांकमा उल्लेख छ ।
केन्द्रको तथ्यांकअनुसार नेपालबाट मान्छेको कपाल, चराको प्वाँख, जनावरको रौं र यसबाट बनेका विभिन्न सामग्रीको निर्यात बढ्दै गएको छ । विश्वका विकसित देशमा नेपालबाट कपाल, प्वाँख, विगलगायत वस्तु निर्यात बढ्दै गएको हो ।
Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments