लन्डन । आफूखुसी चर्च गएको भन्दै श्रीमतीको ज्यान लिने धम्की दिने एक भूतपूर्व गोर्खा सैनिकलाई बेलायती अदालतले आठ साताको जेल सजाय सुनाएको छ ।
हिवटबर्न रोडमा बस्ने ६४ बर्षीय कहरसिंह लिम्बूले आफ्नो १७ बर्षे छोराको सामुन्ने श्रीमतीलाई तरकारी काट्ने चक्कु देखाउँदै ज्यान लिने धम्की दिएका थिए ।

गत शुक्रबार स्विन्डनस्थित मजिस्ट्रेट कोर्ट कार्यालयका भएको सुनुवाइमा अभियोजन पक्षका वकिलले लिम्बूका छोराले प्रहरीलाई आफ्नो बुबाले आमालाई चर्च जान नदिने र गए ज्यानै लिने धम्की दिने गरेको बताएको जानकारी गराएका थिए ।

जुरीले सुरुमा १६ साताको जेल सजाय सुनाएकोमा कहरसिंहले पश्चात्ताप गरेपछि त्यसलाई घटाएर ८ सातामा झारेको थियो । उत्त, सजाय एक बर्षपछि मात्रै कार्यान्वयन हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Please follow and like us:

Comments