-विष्णु सापकोटा,सिइओ,विएमडब्लू एडुकेशन

मेलबर्न । कुनै पनि कदम चाल्नुभन्दा पहिले त्यो कदम आफ्नो लागि सहि छ भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ । पढाईको लागि अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाउँदै हुनुहुन्छ भने सबैभन्दा पहिले यी कुराहरु निर्धारण गर्नुहोस् ।
करियर र लक्ष्य

–आफ्नो करियर र लक्ष्य निर्धारण गर्नुहोस् ।

–रोजेको कोर्सले दिने ज्ञान र सिकाई बारे प्रष्ट हुनुहोस् ।

–आफ्नो देशमा आफूले पढ्न लागेको विषयको करियर सम्भावना कस्तो छ, बुझ्नुहोस् ।

–यदि व्यवसाय गर्न चाहनुहुन्छ भने, कस्तो व्यवसाय गर्न चाहनुहुन्छ छलफल गर्नुहोस् ।

–कोर्स पूरा गरिसकेपछि कस्तो फलको आशा गर्नुभएको छ ? प्रष्ट हुनुहोस् ।

–कोर्स पूरा गरिसकेपछि के गर्ने ? योजना बनाउँनुहोस् ।

–यो कोर्स रोज्नुको कारण के हो ? कमेकम आफू प्रष्ट हुनुहोस् ।

–कोर्स तपाईंको रुचिसंग सम्बन्धित छ कि छैन ?

–यो कोर्स तपाईंको पछिल्लो शैक्षिकस्तरसंग अथवा कामसंग सम्बन्धित छ ?

–यो कोर्सले तपाईंको लक्ष्य प्राप्तिको लागि सहयोग गर्छ ?

तपाईंले किन यो विश्वविद्यालय र कलेज रोज्नुभयो ? यो प्रश्नको जवाफ आफैंसँग सोधेर प्रष्ट हुन जरुरी छ । यसका सम्भावित उत्तरहरु यी हुन सक्छन् :

–उत्कृष्टताको सूचिको आधारमा ।

–कोर्सको आधारमा ।

–उक्त शैक्षिक संस्था रहेको ठाउँ आफू अनुकुल भएकोले ।

अष्ट्रेलिया नै किन ?

अहिले अष्ट्रेलिया मात्र होइन,यु.के,अमेरिका,जापान लगायतका देशहरु नेपाली विद्यार्थीहरुको प्रमुख गन्तव्यस्थल बनेको छ । तर ती देशहरु छोडेर किन अष्ट्रेलिया नै रोज्ने त ? विद्यार्थीहरुले नै दिएका उत्तरहरु यसप्रकार छन् :

–अष्ट्रेलियाको शैक्षिक नियम र वातावरणले गर्दा ।

–कोर्समा समेटिने व्यवाहारिक ज्ञान ।

–उत्कृष्ट युनिभर्सिटी ।

–उच्चस्तरीय डिग्री ।

–विश्वमान्यता प्राप्त शिक्षा ।

–प्रविधि ।

–सुरक्षित वातावरण ।

–छात्रवृत्ति ।

–काम ।

–उपलब्ध विभिन्न कोर्सहरु ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments