काठमाडौं।  भूकम्पले भत्किएको रानीपोखरीको माटो परीक्षण गरेपछि मात्र सफा गर्न थालिने भएको छ । रानीपोखरीको पुनर्निर्माणको जिम्मा पाएको वल्र्ड वाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलका अनुसार पोखरीमा रहेको माटाले पानी कत्तिको सोस्छ भन्ने बारे खानी तथा भूगर्भ विभागले यसैसाता माटो परीक्षण गरेपछि सफाइको काम थालिने छ ।

पुनर्निर्माणको लागि पुस पहिलो हप्ता नै रानीपोखरीका माछा अरु पोखरीमा सारेर सफा गर्ने तयारी भएपनि माटो परीक्षणमा ढिलाइ भएको काठमाडौं महानगरपालीकाले जनाएको छ । रानीपोखरी वरपरका संरचना भने निर्माण भइरहेको छ । भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो । चार सय वर्षदेखि सफा नगरिएको रानीपोखरी निर्माणकै अवसर पारेर सफा गर्न लागिएको हो ।

दुई वर्ष लगाएर विसं १७२७ मा बनाइएको पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ । विसं २०७२ वैशाख १२ को भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेतमा क्षति पुगेको थियो । चार सय वर्षदेखि सफा नगरिएको उक्त पोखरी निर्माणकै अवसर पारी सफा गर्न लागिएको हो । धेरै नदी, कुण्ड र तीर्थस्थलका जलले भरिएको ऐतिहासिक महत्व बोकेको विष्णुतीर्थको पुनःनिर्माणको मौका छोपी पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ । रासस

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments