मेलबर्न । अष्ट्रेलियामा आएका नेपालीहरु यहाँको सामानहरुको मूल्य सूची, नियम, कानूनको बारेमा थाहा नहुँदा किनमेलमा ठगिने गरेका छन् । किनमेलमा ठगिनबाट बच्न यी उपायहरु अपनाउनुपर्छ :

–आफूले किनेको सामानको बिल माग्नुपर्छ । बिल भविष्यमा काम लाग्न सक्ने हुनाले सुरक्षित साथ राख्नुपर्छ । अष्ट्रेलियामा ७५ डलर भन्दा माथिको सामान खरिद गर्दा व्यापारीले अनिवार्य रुपमा बिल दिनुपर्छ ।

–अष्ट्रेलियाको उपभोक्ता कानुनमा उपभोक्ताले सामानको मर्मत र ग्यारेन्टी दिइएको सामान बिग्रेमा बदल्ने वा पैसा फिर्ता पाउने हक पाउँछन् ।

–कुनै सुविधा वा सामान खरिद एक सम्झौता हो । त्यस सम्झौतालाई स्वीकार गर्नु पहिले त्यसलाई राम्रोसंग बुझ्नु जरुरी छ ।

–अष्ट्रेलियामा प्रत्येक सामान अथवा सेवाको मूल्य डिस्प्ले गरिएको हुन्छ । डिस्प्ले गरेको मूल्य, उक्त सामान अथवा सेवाको विज्ञापन र व्यापारीले भनेको मूल्यमा जांच गर्नुपर्छ ।

–अनलाइन सपिङ्ग गर्दा उक्त वेबसाइटको बारेमा पूर्ण जानकारी लिनुपर्छ । अनलाइन किनमेल गर्दा नक्कली सपिङ्ग वेबसाइटको ठगीमा पनि पर्न सकिन्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Please follow and like us:

Comments