हिन्दू नारीहरुको महान चाड तीज नजिकिदै गर्दा नेपालमा मात्र होइन नेपालीको बाहुल्यता भएका विभिन्न मुलुकहरुमा समेत तीजको रन्कोले छोइसकेको छ । जहाँ पुगे पनि,जहाँ रहे पनि यो मन त मेरो नेपाली हो भने जस्तै तीजको अवसरमा अहिले विभिन्न देशहरुमा तीज विशेष कार्यक्रमहरु भैरहेका छन् । त्यसैक्रममा अष्ट्रेलियामा पनि तीज फेस्टिभल हुने भएको छ ।

नेपाली महिलाहरुको मौलिक चाड तीजको अवसरमा कान्छा–कान्छीले यही सोमबार अर्थात अगष्ट १८ मा तीज फेस्टिभल २०१४ को आयोजना गर्न लागेको हो । इस्टोनियन हाउसमा हुने उक्त कार्यक्रम बेलुकी ८ बजेपछि सुरु हुनेछ । त्यसका लागि प्रवेश शुल्क १० डलर राखिएको छ ।

खाना,खेल,गीत संगीत र भिडियोको संगमको रुपमा रहने तीज फेस्टिभलको मूख्य प्रायोजक कँडेल कन्सलटेन्सी रहेको छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भैसकेको आयोजकले हिमालय कँगारुलाई बताए ।

Comments

comments