मेलबर्न । अष्ट्रेलियामा अनलाइन टिकट बुकिङ्ग गर्दै हुनुहुन्छ भने सजग रहनुपर्ने देखिएको छ । पछिल्ला दिनहरुमा हवाई टिकटको नाममा ठगी गर्ने गिरोह सक्रिय भएको जानकारी हिमालयन कङ्गारुलाई प्राप्त भएको छ ।

यस्तो नक्कली र ठगी कारोबारमा एउटा ठूलै गिरोह सक्रिय रहेको बताइएको छ । अनलाइन हवाई टिकट बुकिङ्गको नाममा सस्तो र विभिन्न सुविधाहरु देखाएर टिकट बेच्ने र त्यो टिकट लिएर हावाई यात्री एयरपोर्टमा जाँदा नक्कली टिकट भएको खुल्ने गरेको थाहा हुन आएको छ । यो गिरोहबाट नेपालीहरु सहित धेरै जना ठगिईसकेको केही पीडितहरुले बताए । उक्त गिरोहमा छिटो पैसा कमाउने उद्देश्यका साथ केही नेपालीहरु समेत सम्मिलित रहेको बुझिएको छ ।
ठगिनबाट कसरि बच्ने ?

–कुन ट्राभल एजेन्सीसंग, कुरा गर्दै हुनुहुन्छ, दर्ता भएको एजेन्सी हो कि होइन पूर्ण जानकारी लिनुहोस् ।

–टिकट र इमेलमा एजेन्सीको सम्पूर्ण विवरण जाँंच गर्नुहोस् ।

–बताइएका आकर्षित सुविधा र छुटको कारण खोतल्नुहोस ।

–उक्त एजेन्सीको बैंक खातामा पैसा जम्मा गरिदिनुहोस् ताकि तपाईंलाई आफ्नो पैसा कहाँ गएको छ भन्ने थाहा होस् ।

–सम्बन्धित एयरलाइन्सको वेबसाइटमा गएर आफ्नो टिकटमा भएको विवरण जाँच गर्नुहोस् ।

–तपाईंलाई कुनै पनि किसिमको शंका लागेमा पुलिसलाई खबर गर्नुहोस् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments