मेलबर्न । पूर्व अर्थमन्त्री तथा एमाले नेता विष्णु पौडेले कुनै पनि दलिय पहिचान भन्दा राष्ट्रिय पहिचान ठेलो हुने बताउनु भएको छ । अष्ट्रेलियाको मेलबर्नमा त्यहाँ रहेका नेपाल समुदायसँगको अन्तरकृयामा बोल्दै नेता पौडेले पार्टी र पार्टीका नेता स्थायी नहुन सक्छ तर राष्ट्र र राष्ट्रियता सँधै स्थाइ रहन्छ भन्ने धारण ब्यक्त गर्नभयो ।

प्रवासी नेपालीहरुबीच भएको राजनीति ध्रुवीकरणलाई ईंगीत गर्दै नेता पौडेलले प्रवासमा रहेका नेपालीहरु दलगत रुपमा विभाजित नभई बृहत्तर राष्ट्रिय पहिचानका लागि एक हुनु पर्ने बताउनु भयो । अन्तरकृयामा पौडेलले अष्ट्रेलियामा रहेका नेपाली जनसमुदायलाई संविधान कार्यान्यवन र निर्वाचन लगायतका विषमा भईरहेको गतिविधिबारे समेत जनाकारी गराउनु भएको थियो । कार्यक्रममा बाल्दै विदेश मामिला विज्ञ तथा एमाले नेता डाक्टर राजन भट्टराईले प्रवासमा रहेका नेपाली जमुदायबाट देशका नेताहरुले धेरै सिक्न सक्ने बताउनु भयो ।

प्रवासी नेपालीहरुका अन्तरराष्ट्रिय अनुभव देशको अवस्थामा आधारभुत परिवर्तनकालागि प्रयोग गर्न सकिने उहाँको भनाई थियो । प्रवासी नेपालीहरुको अनुभव देश विकासमा सहायक हुनसक्ने नेता भट्टराईले बताउनुभयो । अष्ट्रेलियाको भिक्टोरिया राज्यकालाई नेपालका अवैतनिक महावाणिज्य दुत चन्द्र योन्जनले यस्ता अन्तरकृयाले नेपालको राजनीतिक र सामाजिक अवस्था बारे जानकारी लिन सहयोग पुग्ने बताउनु भयो ।

उहाँले युवा वर्ग समेत राजनीति  तिर आकर्षित हुन थालेको बताउँदै राजनीतिमा युवाको सहभागिताले देश विकासमा नयाँ दृष्टिकोण ल्याउन सक्ने बताउनुभयो । भिक्टोरियाको वाणिज्य दुतावसमा आयोजित अन्तरकृया प्रवासी नेपाली मञ्च भिक्टोरियाले अयोजना गरेको थियो ।

 

Comments