झापा । एक महिनाको अवधिमा तीनवटा गोल्डकपको उपाधि जित्दै मनाङ मस्र्याङदी कलबले ह्याट्रिक गरेको छ । झापाको बिर्तामोडमा सम्पन्न दोस्रो रमपम झापा गोल्डकप जितेसँगै मनाङले उपाधिमा ह्याट्रिक पूरा गरेको हो ।

माघ २ गते सुदुर पश्चिमको धनगढीमा सम्पन्न खप्तड गोल्डकप र त्यसको दुई साता नबित्दै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको ट्रफी जितेर झापा आएको मनाङले घरेलु टोली झापा–११ लाई १–० गोलअन्तरले हराउँदै उपाधि हात पारेको हो । उपाधिसँगै मनाङले ७ लाख नगद समेत प्राप्त गरेको छ । उपविजेता बनेको झापा–११ ले नगद ३ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । झापा–११ अघिल्लो पटकको झापा गोल्डकपमा पनि उपविजेता बनेको थियो । फाइनल खेलमा १० हजारभन्दा बढी दर्शकको समर्थन पाएको झापा पराजित हुँदा दर्शकसमेत निराश बने ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ भने गोलरहित बराबरी रह्यो । दोस्रो हाफमा दुबै टोली झन शसक्त खेल प्रस्तुत गरे । खेलको ६३ औं मिनेटमा निराजन मल्लले प्रहार झापाका गोलरक्षकबाट फुत्किएपछि मनाङका विदेशी खेलाडी ओलावालेले जाली चुमाए । त्यही एउटा गोल नै मनाङका लागि निर्णायक बन्यो । झापाको मिडफिल्ड कमजोर बन्दा गोलका मुभहरु बन्न सकेन ।

खेल अवधिभर दुबै टोलीले गोल गर्ने सुन्दर अवसरहरु खेर फाले । गत वर्षको झापा गोल्डकपको सेमिफाइनलमा भने मनाङ आर्मीसँग पराजित भएको थियो । फाइनल खेलको खेलको म्यान अफ द म्याच मनाङका निराजन मल्ल घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट मनाङका रोहित चन्द घोषित भए । उत्कृष्ट डिफेन्स झापा ११ का देवेन्द्र तामाङ घोषित भए ।

उत्कृष्ट मिडफिल्डर झापा ११ का रञ्जित श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक झापा ११ का एलन न्यौपाने घोषित भए । उत्कृष्ट प्रशिक्षक मनाङका छिरिङ लेप्चा बने ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments