मेलबर्न । नेपालको चर्चित साङ्गीतिक समूह कुटुम्बले अष्ट्रेलियाको मेलबर्न सहित मूख्य पाँच मूख्य शहरहरुमा आफ्नो प्रस्तुति प्रस्तुत गर्ने भएको छ ।

२५ मार्चमा एडिलेडबाट शुरु हुने कुटुम्बको अष्ट्रेलिया टुर त्यसपछि मेलबर्न, ब्रिस्बेन,पर्थ हुँदै सिड्नीमा आएर समापन हुनेछ ।
यसैबीच २६ मार्चमा मेल्बर्नमा हुन गईरहेको एम फेस्टिबल कुटुम्ब समूहको बिशेष प्रस्तुति रहनेछ ।

सोलाङ्गचरको प्रस्तुतिमा हुने एम फेस्टिभलको मुख्य आकर्षण नै कुटुम्ब रहेको छ । नेपाली लोक संगीतको माध्यमबाट प्रेम र खुशी संप्रेषण गरौं भन्ने नारा सहित कुटुम्बको यो अष्ट्रेलियन टुर हुन लागेको हो । नेपालका मौलिक लोकभाकाहरुलाई बाद्यधुनका रुपमा प्रत्यक्ष प्रस्तुत गर्दै आएको कुटुम्ब समूह नेपाली संगीत क्षेत्रको सांगीतिक दूतका रुपमा समेत विख्यात छन् । त्यसैले यसपटक कुटुम्बको प्रत्यक्ष प्रस्तुति हेर्न यहाँका नेपाली समुदायमा निकै आतुरी बढेको छ ।

सन् २००४ मा स्थापना भएको कुटुम्बले लोपोन्मुख नेपाली बाजाहरु बाँसुरी, सारङ्गी, टुङ्गा, चुब्रुङ, मुर्चुङ्गा,ख्यामली, टुङ्नाको प्रयोग गरेर पुराना लोक भाकाहरुलाई जीवन्त बनाउदै आएको छ । २००४मा सदाबहार नेपाली लोक धुन नामक एल्बम निकालेको यो समूहले फोल्क रुट्स (२००५),नौलो बिहानी (२००६), मिथिला (२००९), उत्सर्ग (२०१०) र कर्मठ (२०१३) प्रकाशन गरेको छ ।

एम फेस्टिभल :

m festivalम्युजिक, मम र मस्ती भन्ने नारा सहित सोलाङ्चरको आयोजनामा एम फेष्टिबल हुन लागेको हो । त्यसैले यो फेष्टिबलको मूख्य आकर्षण नै स्वादिलो र बफिलो मम रहने आयोजकले जनाएको छ । एम फेष्टिबलमा सहभागी आगन्तुकहरुले ममका विभिन्न भेराइटिजहरु खान पाउनेछन् ।

नेपाली परिकारका रुपमा अन्तराष्ट्रिय ब्राण्ड नै बन्न थालेको ममलाई अझ अन्तराष्ट्रियकरण गर्ने उदेश्यले पनि एम फेष्टिबलको आयोजना गर्न लागिएको आयोजकको भनाइ छ । त्यसैले यो फेष्टिबलमा स्टिम मम, फ्राई मम, तारेको मम, झोल मम,सी मम, कोथे मम, चिल्ली मम, खुल्ला मम, तन्दुरी मम, हरियो मम ,फापरको मम, खुवा मम, पनिर मम,चिज मम, चिकेन मम, पोर्क मम, मटन मम र बिफ मम जस्ता विविध आइटमहरु उपलब्ध हुने बताइएको छ ।

बहुसाँस्कृतिक मुलुक अष्ट्रेलियामा नेपाली स्वाद र परिकारलाई अझ बढी प्रवद्र्धन गर्ने उदेश्यले सोलाङ्चरले आयोजना गर्न लागेको एम फेष्टिबल मेल्बर्नको कोबर्ग भेलोड्रोममा हुनेछ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments