मेलबर्न । अष्ट्रेलियामा विश्वविद्यालयमा भर्ना हुनको लागि निवेदन दिनुपर्छ । यसका लागि अलि लामै समय लाग्ने गर्दछ । त्यसैले भर्ना हुने समयभन्दा १८ महिना अघिदेखि नै विश्वविद्यालय छनोटमा लाग्नुपर्छ । आफूले कुन विषय अध्ययन गर्ने हो त्यसको निश्चित निर्णय लिनुपर्छ । आफूले अध्ययन गर्न चाहेको विषय र शैक्षिक संस्थाको बारेमा विश्वविद्ययालयका वेबसाइटबाट थाहा पाउन सकिन्छ ।

शैक्षिक संस्था छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरु

शैक्षिक गुणस्तर

उक्त संस्थाको शैक्षिक गतिबिधि र विगतको नतिजाबारे बुझ्नुपर्छ । अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयको सुची अनलाइनहरुबाट हेर्न सकिन्छ तर उत्कृष्ट भनिने ठाउँमा सबै कुरा शतप्रतिशत राम्रो हुन्छ भन्ने मान्नु गलत हो । सबै ठाउँमा केहि कमजोरी र केहि राम्रो हुन्छ । यस्तोमा आफूले चाहेको कुरालाई बलियो पक्षको रुपमा प्रस्तुत गरेको संस्थालाई छान्नुपर्छ ।

विदेशी विद्यार्थी

विदेशी विद्यार्थीहरुको लागि वातावरण, सुबिधा, सहयोग आदि अनुसन्धान गर्नुपर्छ । राम्रो कोर्षले अष्ट्रेलियाका विद्यार्थीहरुसंग भेट्ने अवसर दिन्छ । विभिन्न सामाजिक र शैक्षिक कार्यक्रमहरुमा सहभागी हुने अवसर दिन्छ ।

अवस्थिति

इन्टरनेटमा नक्सा हेरेर विश्वविद्यालय कहाँ पर्छ पत्ता लगाउन सकिन्छ । यदि क्याम्पसमै बस्ने होइन भने आफू कुन सहरमा बस्ने हो, डेरादेखि विश्वविद्यालयसम्मको दूरी कति हुन्छ ? त्यो बुझ्नुपर्छ । यातायात सुविधाको बारेमा बुझ्नुपर्छ । यहाँ बढी मात्रामा पानी पर्ने र बढी गर्मि हुने हुनाले लामो दूरीको पैदल यात्रा कठिन हुन सक्छ ।

खर्च

ठूलो शहरको कलेज र युनिभर्सिटी रोज्दा ठूलो शहरमै बस्दा सहज हुन्छ तर खर्च भने बढी लाग्छ । त्यसैले यातायात खर्च कम लाग्ने भए कलेजदेखि टाढा बस्न सकिन्छ । सानो शहरकै राम्रो कलेज पनि छान्न सकिन्छ जसले बसाई खर्च सस्तो हुन्छ ।

आर्थिक सहायता

केहि कलेज र युनिभर्सिटीले विदेशी विद्यार्थीहरुलाई आर्थिक सहायता पनि गर्छन् । अन्डरग्राजुएट विद्यार्थीहरुले ग्राजुएट विद्यार्थी भन्दा कम रकम पाउँछन् । निजी संस्थाहरुले विभिन्न शुल्कमा केहि छुट गरिदिन सक्छन् । तर सरकारी संस्थाहरुले भने सामन्यजसो छुट दिदैनन् । भर्नाको लागि निवेदन दिंदा नै यसबारेमा राम्ररी बुझेर त्यसको लागि उपयुक्त प्रक्रिया अनुसार गर्नुपर्छ ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

Comments

comments