काठमाडौं । नेपालमा सन् १९६८ मै मंगलग्रहबाट उडनतस्तरी आएको रहस्योद्घाटन भएको छ ।

हालै सार्वजनिक गरिएको सन् १९६८ को गोप्य प्रतिवेदनमा त्यतिखेर लद्धाख, सिक्किम, भुटान र नेपालमा गरेर ६ पटक उडनतस्तरी देखिएको उल्लेख छ ।

अमेरिकी गुप्तचर एजेन्सी सीआईए (सेन्ट्रल इन्टिलिजेन्स एजेन्सी) को प्रतिवेदन अनुसार २५ मार्च १९६८ को रात कास्कीको आकाशमा चम्किलो वस्तु देखिंदै हराउँदै अन्ततः हराएको बताइएको छ । ६ फुट आधारसहित ४ फुट उचाइसहितको गोलाकार धातु भएको पोखराभन्दा पाँच किलोमिटर उत्तरपूर्वको बाल्टीचौरमा परेको खाल्डोबाट पत्ता लागेको उक्त रिपोर्टमा उल्लेख छ । सोही वर्ष फेब्रुवरी १९ मा रातको ९ बजे उत्तरपूर्वी नेपाल र सिक्किममा पनि उडनतस्तरी देखियो ।

हिन्दूस्तान टाइम्समा प्रकाशित रिर्पोटमा भनिएको छ, ‘त्यो यति चम्किलो थियो कि त्यस आसपासमा उज्यालो नै बनायो । एक ठाउँमा त चट्याङ परेजस्तो आवाज नै आयो ।’ भुटानमा देखिँदा भने आवाज ननिकालीकनै उडनतस्तरी तीव्र गतिमा उडेको थियो ।

भारतको लद्धाखमा देखिदाँ त्यसबाट धूँवा उडेको थियो । त्यस समय धेरै उडनतस्तरी देखिँदा मंगल ग्रहका मानिस, अन्तरिक्ष यानजस्ता अनेकथरी लख काटिएको थियो, जसको अहिलेसम्म पनि कुनै पुष्टि भने हुन सकेको छैन ।

re you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

 

Comments

comments