काठमाडौं। वित्तीय बजारमा तरलता अभाव भएका वेला वाणिज्य बैंकहरूको नाफा भने अत्यधिक वृद्धि भएको देखिएको छ । बैंकहरूले गत वर्षको तुलनामा नाफा रकम ५१ प्रतिशत बढाएका छन् । कुल २८ वाणिज्य बैंकमध्ये पहिले वित्तीय विवरण प्रकाशित गरेका १४ बैंकको औसत नाफा ५१ प्रतिशत बढेको हो ।

यसमध्ये नेपाल इन्भेष्टमेन्ट, प्रभु र हिमालयन बैंकले आर्थिक वर्षको दोस्रो त्रैमासिकमै १ अर्ब रुपैयाँभन्दा धेरै नाफा गरेका छन् । आवको पहिलो ६ महिनामा कमाएको नाफा रकम ती बैंकले गत आवको वर्षभरिमा कमाएको रकमको ६२ दशमलव ३७ प्रतिशत हो ।

बितेको एक वर्षमा बैंकहरूको खराब कर्जाको दर पनि खुम्चिएको देखिएको छ । गत वर्षको पुस मसान्तमा औसत १ दशमलव ५५ प्रतिशत रहेको १४ बैंकको खराब कर्जाको दर यो वर्ष भने २६ आधार बिन्दु घटेर १ दशमलव २९ प्रतिशतमा झरेको छ । यस्तो दर कम हुनुमा प्रभु बैंकको खराब कर्जाको दर कम हुनुले ठूलो प्रभाव पारेको देखिन्छ । गत वर्ष झन्डै साढे ७ प्रतिशत रहेको प्रभुको खराब कर्जाको दर यो गत पुस मसान्तमा ५ प्रतिशतभन्दा तल झरेको छ । यसबाट प्रभुको नाफामा पनि भारी वृद्धि भएको देखिन्छ ।

पछिल्लो एक वर्षमा बैंकहरूमा जम्मा भएको निक्षेप रकम औसत ३४ दशमलव २२ प्रतिशत बढेको छ भने कर्जा रकम औसतमा ४० दशमलव ६३ प्रतिशत बढेको छ । निक्षेपको ८० प्रतिशतसम्म मात्रै कर्जा विस्तार गर्नुपर्नेमा निक्षेपभन्दा बढी कर्जा प्रवाह भएपछि बैंकहरूको ब्याज आम्दानीमा वृद्धि भएको छ ।

बैंकहरूको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि गत वर्षको तुलनामा २ दशमलव ०३ प्रतिशत बिन्दुले बढाएर ७८ दशमलव १४ प्रतिशत पुर्‍याएका छन् ।

अब बैंकहरूले थप निक्षेप रकमको १ दशमलव ८६ प्रतिशत मात्रै कर्जा विस्तार गर्न पाउँछन् । आवको पहिलो ६ महिनाको तथ्यांकअनुसार उक्त १४ बैंकको खुद ब्याज आम्दानी औसतमा ४१ दशमलव ५५ प्रतिशत बढेको छ । यसले नाफामा ठूलो सहयोग पुर्‍याएको बैंकरहरू बताउँछन् ।

Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.

career-in-aus

 

Comments

comments